सुमधुर आवाजकी धनी सुन्दरी गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि  आफ्नो जन्मदिनको अबसरमा निकै उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा अलग पहिचान बनाउन सफल गायिका पाठक आफुलाई सांगीतिक क्षेत्रमा थप अब्बल गायिका बनाउने दौडमा रहेकी छिन । आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना शुभेच्छुक,दर्शक श्रोताका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । आधुनिक डान्सिङ बिटको “सानीलाई” बोलको गीतको प्रिमीयर गरेपश्चात गायिका पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आफैले अभिनय गरेकी छिन् । बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here