देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलकै उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन ।

माघ ११ गते बिराटनगरको अतिथी सदनमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि ईटहरीको त्रियुगा होटलमा यहि पौष २० गते, बिराटनगरको सारङ्गी गार्डेनमा पौष १४ गते र पौष २१ , दमकको कन्चन ट्रेडर्समा पौष १३ गते अडिसन राखिएको प्याजेन्ट नेपालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी फेशन शो गर्ने जनाएको हो । । र्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले आफुलाई पायक पर्ने स्थानमा तोकिएको मितीमा आइ अडिसन दिन सकिने बताइएको छ । मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने
उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा १ हप्ते निःशुल्क तालिम हुने उक्त शोमा नेपालका चर्चित एवं बरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल, श्रीकृष्ण लुईटेल,(बोकेदाह्री) गायक सपन श्रेष्ठ, गायक कृष्ण काफ्ले,गायक ध्रुव बिस्को लोकप्रिय हांस्य कलाकार महादेव त्रिपाठी लगायत स्थानीय चर्चित कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले पूर्वान्चलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ । साथै यस शो मा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई फेबु्रीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तराष्ट्रिय फेशन शोमा सहभागी गराईने जानकारी प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए ।

ईच्छुक मोडलहरुले निम्न मोबाईल नम्वरहरुमा सम्पर्क गर्न सक्नेछन :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here