अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टुरिजम एम्वेसडर युनिभर्स २०१९’ मा नेपाली सहभागिले उपाधि हासील गर्न सफल भएका छन् । नेपालबाट पुरुष तर्फ दमकका विनायक राज पोखरेलले उक्त प्रतियोगीतामा मिस्टर टुरिजम युनिभर्सको उपाधिको साथमा ग्राण्ड ट्रफी हात पार्न सफल भएका छन् । यसै गरि सोही कार्यक्रममा सम्पन्न मिस टुरिजम एम्वेसडर ईन्टरनेशनलको प्रतियोगीतमा नेपालकी सपना भण्डारीले सहभागिता जनाई सेकेन्ड रनर अप हुदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् ।

मलेसियामा जुलाई १ देखि जुलाई ७ सम्म चलेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेपाल आईकन २०१९ का विजेताहरु बिनायक र सपनाले उक्त प्रतियोगीतामा भाग लिने अवसर पाएका थिए । लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाहमा सम्पन्न भएको प्रतियोगीतामा २६ देशका प्रतियोगीहरुले भाग लिएका थिए । आफुले आयोजना गरेको पहिलो प्रतियोगीताका विजेताहरुले नै अन्तराष्ट्रिय प्रतियोगीताका जितेको मा खुशी हुदै बाटिका ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक गोमा अधिकारी आफुमा अझ जिम्मेवारी थपिएको बताउछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here