नेपालमा थुप्रै सौन्दर्य प्रतियोगीता हुने गर्छ । सौन्दर्य प्रतियोगीताले प्रतियोगीहरुको सौन्दर्यताको मात्र नभै बौद्धिक क्षमता, आत्मविश्वास लगायत प्रतिभा प्रस्फुटन समेत हुने गर्छ । पछिल्लो पटक सौन्दर्य प्रतियोगीता आयोजना गर्ने संस्थाहरुको सख्यां बढ्दै गईरहेको छ । तर सौन्दर्य प्रतियोगीतामा विजयी पश्चात थुप्रै विजेताहरु केहि समय पश्चात नै गुमनाम झै भएका पनि छन । कोही अवसर बाट बन्चित कोही समय ब्यबस्थापन त कोही विविध कारणले गर्दा टाईटल होल्डरमा नै सिमित भएर बसेका छन । यस्ता टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले यो पटक आउदो असोज १० गते छायां सेन्टरको भव्य हलमा टाईटल विनर फेशन शोको आयोजना गर्न लागेको छ ।

नेपाल अधिराज्यभरबाट करीव ३० जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको फेशन शो को लागी हिजो पुरानो वानेश्वर स्थित लोयला स्कूलमा मोडल छनौट कार्य सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय मोटिभेसनल स्पिकर तथा शिक्षा विद पूर्ण लामा, मिस मंगोलका आयोजक एवं वरिष्ठ संचारकर्मी अशोक प्यासी राई, ईभेन्ट म्यानेजमेन्ट एसोसियसनका अध्यक्ष तथा एएनपी मिडिया हाउसका प्रमुख लब वहादुर कार्की, वरिष्ठ मेक अप आर्टिष्ट टेक राज पाण्डे, भवानी ईन्टरटेनमेन्टका सोनीत राज ढुङ्गेल, मोडल सङ्गसका डेविल सिंह राजपुत, समाजसेवी सरोज ढुंगाना, गायक योगेश काजी, रामकृष्ण श्रेष्ठ, फेशन डिजाईनर एवं संचारकर्मीको उपस्थितीमा विभिन्न पेजेन्टका विजेताहरुलाई फेशन शोमा छनौट गरिएको थियो । चर्चित कोरियोग्राफ स्वस्तीका लामाको कोरियोग्राफी हुने फेशन शोलाई नायिका एवं टेलिभिजन कार्यक्रम संचालक एनि कुंवरले कार्यक्रम संचालन गरेकी थिईन ।

नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शो का लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका छन । यस शोलाई आफ्ना विजेताहरुलाई महत्वपूर्ण अवसरको रुपमा प्रदान गराउने विश्वास व्युटी प्याजेन्ट आयोजकले जानकारी दिएका छन ।

फेशन शोमा नेपालका चर्चित कलाकारहरु आनन्द कार्की, योगेश काजी, नन्दा वस्याल,बुनु राई,महादेव त्रिपाठी जादुगर को प्रस्तुती समेत रहनेछ । भने शो स्टपर्समा चर्चित नायिका रहने जानकारी प्याजेन्ट नेपालका सिईओ तथा फेशन डिजाईनर ममता बस्नेतले जानकारी दिइन । ४ वटा सिक्वेन्स रहने शो मा नेपालका चर्चित फेशन डिजाईनर ममथा बस्नेत, अनु श्रेष्ठ, रिना सिंह तथा रचना शर्मा का उत्कृष्ट डिजाईनमा तयार भएका पहिरनलाई १२ पुरुष विजेता तथा १८ महिला विजेताले र्याम्प शो गर्नेछन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न अवार्ड, फेशन शो लगायत कार्यक्रमहरु गरेर चर्चा कमाउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।
ईन्फिनिटी एडभरटाईजीङ्गको व्यबस्थापनमा हुने उक्त फेशन शोमा नेपाल भ्रमण वर्षलाई लक्षित गरि विभिन्न मौलीक पहिरनहरु समेत प्रवद्र्धन गरि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्य लिएको व्यबस्थापक ईन्द्र श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here