मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो ।

शुभकामना मिडिया शोलुसन प्रा.लि.को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यता एवम् म्युजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

मनोनयन प्रमाण पत्र प्रदान कार्यक्रममा पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एस.पी. कोइराला, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतता राना प्रधान, सङ्गीत उद्योग सङ्घ नेपालका अध्यक्ष सूर्य मगर, प्रभु पेको तर्फबाट नारायण ढकाल, म्युजिक खबरका सल्लाहकार लेखक निर्देशक मोहन निरौला, सङ्गीतकर्मी एवम् व्यवसायी पृथ्वी थकाली, सङ्गीतकर्मी आरसी कोइराला, सङ्गीतकर्मी एवम् व्यवसायी उज्ज्वलजंग ठकुरी, अभिनेता विनोद श्रेष्ठ, आइआइएफटी स्कुल अफ फेसनका तेन्जिङ शेर्पालगायत अतिथिहरुको उपस्थिति रहेको थियो । अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य दिँदै अवार्डलाई गरिमालाई बढाउने क्रममा म्युजिक खबरले यात्रा अगाडि बढाएको बताए । अतिथिहरुले शुभकामना मन्तव्य राख्दै गीतसङ्गीतमा पत्रकारिताका माध्यमले होस् या अवार्डका माध्यमले म्युजिक खबरले महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here