काठमाडौं  :हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको फेसन शो शैलीमा सम्पन्न सो मोडल प्रतियोगितामा नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए ।

नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रहेको वन् आई डेस्टिनी क्रिएसनको सहकार्यमा संचालन गरेको सो कार्यक्रममा भारतीय टेलिभिजन सिरिज, वेभ सिरिज तथा थिएटरमा अभिनेत्रीका रुपमा कार्यरत नेपाली सुन्दरी सभ्यता गिरी शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् । कार्यक्रमलाई विभिन्न बलिउड नृत्य प्रस्तुतिले मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा नेपालस्थित सजिनाज् क्रिएसन तथा वन्डर भाइब्स क्रिएसनका विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here