चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् ।

मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर एक्सिलेन्स अवार्ड २०१९ का विजेता मनिशा डंगोल श्रेष्ठद्वारा संचालित लन्डन फेसन हाउसको आयोजनामा संचालन भएको टुडेज् वुमेन मिसेस् नेपाल युके २०१८ की विजेता विनु लामिछाने पेशाले डेन्टल नर्स हुन् । सन् २००९ देखि लन्डनमा बसोबास गर्दै आएकी एक सन्तानकी आमा विनु लन्डनस्ति ह्यारो विल्ड डेन्टल प्राक्टिसमा प्राक्टिस म्यानेजरका रुपमा कार्यरत छिन् । समाज सेवामा अभिरुचि राख्ने उनी फुर्सदको समयलाई समाज उपयोगि र परोपकारी कार्यमा सदुपयोग गर्न रुचाउँछिन् । यही मेसोमा आगामी फेब्रुअरी महिनामा उनको सक्रियतामा एनएनए युकेको आयोजनामा ओरल हेल्थ डेन्टल अवेरनेस कार्यक्रम संचालन हुन लागेको छ । हाल उनी एनएनए युकेका कोषाध्यक्ष पनि हुन् । मिसेस् युनिभर्स २०१९ का लागि उनको व्यवस्थापन र संयोजन लन्डन फेसन हाउसले गरेको हो भने सोही संंस्था उनका लागि अफियल वार्डरोब पार्टनर पनि हो । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् युनिभर्स २०१९ मा सहभागिता लागि विनुले अन्तर्राष्ट्रिय अवार्ड विजेता फेसन कोरियोग्राफर रोजिन शाक्यबाट आवश्यक अभिभुखीकरण र तालिम प्राप्त गरेकी छिन् ।

मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि जनवरी १ तारिख सम्म चीनको ग्वान्जोमा संचालन हुनेछ । ४२औं संस्करणको मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा तय गरिएको छ । प्रतियोगितामा विश्वका ८० बढी मुलुकका विवाहिता महिलाहरुको सहभागिता रहनेछ । मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यो प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here