गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ ।

चर्चित गीत पैसा कस्ले बनायो ? बाट चर्चामा आएका गायक गौतम दुई दशकदेखी निरन्तर नेपाली गीत संगीतमा लागि रहेका छन । पैसा, इश्वर, प्रजुसा, प्रभाब, शीतल, चुपचाप चुपचाप, लगायत ११ म्युजिक एल्बम सर्बजनिक गरिसकेका गौतमका पैसा कस्ले बनायो ? , घरबनाउला बाँसै काटेर , फर्केर आएन मायाँलु ,इमान बेचिदिन्छ मान्छे, म मरिसके पछि लगायत थुप्रै चर्चित गीतहरु पस्किसकेका छन । विशेष गरि कालजयी गीत गाउने गौतमले थुप्रै नेपाली फिल्ममा आफ्नो सुमधुर आवाज दिई सकेका छन । गायन मात्र नभएर नेपाली साहित्यमा पनि निकै राम्रो कलम चलाउने गौतमको लेखन तर्फ पुस्तकप्रसाद को नाम ले परिचित छन फेरि गीत फेरि गजल , (गीत, गजल संग्रह ) र ‘पुस्तक’ नामको गीत संग्रह प्रकाशित छन,कविता गीत र गजलमा सशक्त कलम चलाउने गौतमले पैसा कस्ले बनायो गीत उनको आफ्नै लेखन, सङीत, र आवाजमा तयार भएको गीत बाट उनको चर्चा चुलिएको थियो । गजल गायनमा समेत उत्तिकै दमदार क्षमता र अब्बल दिनेश गौतम उर्फ ‘पुस्तकप्रसाद’ लाई लेखक संगीतकार तथा कुशल गायकको त्रीबेणी मान्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here