लक डाउन फोटो प्रतियोगिता २०२० को रिजल्ट सार्बजनिक भएको छ ! उक्त प्रतियोगितामा बुढानिलकण्ठ निवासी सोनि खत्री बिजेता बनेकी छिन भने सरिता राई द्वितीय र खेमसानी मादेन लिम्बू तृतीय भएकी छिन। उक्त प्रतियोगिता गत जेष्ठ महिना देखि लक डाउनलाइ लक्ष्यित गरि संचालन गरिएको यसै कार्यक्रमका निर्देशक समीर लामाले बताएका छन । बिजेता बनेकी खत्री ले नगद २५ हजार सहित ट्रफी मेडल र गिफ्टह्याम्परका साथ प्रमाण पत्र पनि जितेकी छिन क्रमशः द्वितीय र त्रितिय हुने सरिता राई र खेमसानी मादेन लिम्बुले पनि १५ हजार र १० हजारका साथै ट्रफी र सम्मान पत्र पनि हात पारेकी छिन , उक्त प्रतियोगितामा ७५६ जनाले भाग लिएको कार्यक्रम संयोजक हेम बोम्जनले बताए । लामाका अनुसार उत्साहजनक सहभागिता भएको र अझै ४/५ सय जनाको फोटो पोस्ट गर्न नसकेको जनाए भने प्रतियोगितामा सहभागिता जनाएका मध्येबाट पब्लिक च्याइस अवार्ड र फोटो जेनिक अवार्ड ५/५ जनाले जित्ने पनि सोही प्रतियोगिताका सह संयोजक राम सुस्लिङ मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here