गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एभरग्रिन वर्ल्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडियो छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियो को निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । चर्चित हांस्य कलाकार समेत रहेका ढकालको निर्देशनमा युट्यूब मार्फत कमेडि सिरिज टेन्सन साफ रिलिजको तयारीमा रहेको छ ।

गजलकार तथा पत्रकार कपिलदेव खनालको शब्द रहेको गजलमा स्वर र संगीत दुवै गायक अधिकारीको छ । संगित संयोजनमा सैलेन्द्र बच्चाको रहेको छ । केएमएस रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गजलको भिडियोको क्यामरामा हर्कमान वाईबा र भिडियो सम्पादनमा दिन्शन शाह रहेका छन् ।

करीब १५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडियो सहित सार्वजनिक पश्चात श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार बैकुण्ठ अधिकारीले प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here