क्रियसन प्रडक्सन ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतीमा न्यू ईयर फेशन फ्लोर शो आयोजना हुने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर फेशन शो तथा डान्स पार्टी आयोजना हुन लागेको हो । उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि आगामी शनीवार अनामनगरस्थित बिहानी क्याफेमा अडिसन हुने आयोजक तथा मोडल शोभा पौडेलले बताईन । उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक पौडेलले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा रहने उक्त शो मा नेपालका चर्चित लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तूती समेत दिनेछन । स्मरणीय रहोस क्रियटिभ ईभेन्ट म्यानेजमेन्ट थुप्रै सफल फेशन शो, सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट आयोजना गर्दै आइरहेको संस्था हो ।
अडिसनका लागि ईच्छुक मोडलहरुले अडिसन हुने स्थान बिहानी क्याफे अनामनगरमा आगामी शनिवार गते ११ बजे उपस्थिती भई सहभागिता जनाउन सक्नेछन । थप जानकारीका लागि मोवाईल नं। ९८४६७९४१७८,९८१३७७५९२२ मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here