२५ औ मिस नेपालको अन्तिम चरणको प्रतिस्पर्धा बैशाख २५ गते अन्नपुर्ण होटलमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल प्रतिस्पर्धामा २६ प्रतियोगीहरु छन्। यतिबेला उनीहरु अन्तिम प्रतिस्पर्धा तयारिकोलागि बन्द प्रशिक्षण ब्यस्त छन्। नेपाल प्रतियोगीहरु निशा पाठक, अलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, पुनम पन्त, अनुष्का श्रेष्ठ, जेनी महर्जन, अश्मिता महर्जन, किरण थापा, प्रदीप्तता अधिकारी, नीतिका कर्माचार्य, रोज लामा, सारा बजिमाया, लक्ष्मी राउत, रक्षा उप्रेती, मिरा कक्षपति, जेनिशा थपलिया, पुजा श्रेष्ठ, बिपना सुबेदी, सुवेक्षा अधिकारी, प्रकृति कटवाल, नेन्सी बोगटी, शिवानी घिमिरे, सान्तवना मालाकार, प्रथा अधिकारी, संस्कृति घिमिरे रहेका छन्।
मिस नेपाल बिजेताले मिस वर्ल्ड २०१९ मा, फस्ट रनर अपले मिस युनिभर्स २०१९ मा, सेकेन्ड रनरअपले मिस अर्थ २०१९ मा र थर्ड रनरअपले मिस इन्टरनेशलन २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन।