काठमाडौं । कम्बोडियाको राजधानीमा नोवेम्बेर १० देखि सुरुहुने यस वर्षको मिस प्लानेट इन्टरनेसनलको ग्राण्ड फिनाले हुँदैछ । संसारका ५५ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिध्यो गर्दै सलीना नेपाल कम्बोडिया जादैछिन्।

मन्दन्देउपुर नगरपालिका १० घरभई हाल ललितपुरमा बस्दै आएकी नेपाल कडा पर्तिशपर्धा उत्रिने भएकी छन्। नेपालको खेतीपाती, र पर्यटकीय क्षेत्रलाई अझ माथि उठाउने बिचारमा उनि छन्। आफुलाई फिट एण्ड फाइन राख्न शारीरिक र मानसिक तयारी गरेकी छन्। हाल सलीना पेजेन्टको कोर्स को तयारीमा छिन्। स्टाइलिङ, हेयर, मेकअप, स्पिच, वाक र पेजेन्टमा आफूलाई प्रस्तुत गर्ने शैली सिकिन् । पेजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा सिकिरहेकी छन् ।

मन्दनदेउपुर नगरपालिकाकी चेली ढोलाहिटी, ललितपुर निवासी २३ वर्षिया सलिनाले यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२३/२०२४ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । प्रतियोगिताको ग्राण्ड विजेता बनेसंगै सलिनाले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । पाँच फिट चार इन्ट उँचाईंकी सलिना आफूलाई आत्मविश्वास, मित्रवत् र इमान्दार भएकी बताउँछिन् । पब्लिक एडमिनिष्टे«सनमा स्नातक गर्दै गरेकी सलिना फुर्सदको समयमा पौडी, नृत्य र स्केचिङमा व्यतित गर्न रुचाउँछिन् ।

मिस प्लानेट इन्टरनेसनलमा सहभागि हुन सलिना यही कार्तिक ९ गते कम्बोडिया प्रस्थान गर्दैछिन् । प्रतियोगितामा सहभागि हुनु पूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी छिन् । मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् आउँदो मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थित को पिक थिएटरमा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here