काठमाडौं – मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दमककी सोनु श्रेष्ठ र चितवनका नबिन बिक प्रतिस्पर्धामा उत्रिएका छन । म्यानमारको याङुनमा भई रहेको उक्त ब्युटि प्याजेण्टमा सहभागीता जनाईरहेका उनीहरु २३ अगस्टबाट बन्द प्रशिक्षणमा ब्यस्त रहदै आएका छन । ३१ अगस्टमा सम्पन्न हुने अन्तरराष्ट्रिय स्तरको उक्त प्याजेण्टमा ३२ देशको सहभागीता रहेको छ । यो प्रतियोगिता अन्तर्गत दोस्रो संस्करण हो । यस अघि नेपालमा पहिलो पटक सम्पन्न मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल २०१९ बाट छनौट भई नबिन र सोनुले म्यानन्मारका लागि आफ्नो सिट सुरछित पारेका थिए । उक्त प्याजेण्टको नेपाल आयोजकमा प्लानेट मल्टी मिडिया इन्टरनेशनल रहेको छ । प्लानेटका सिइअो मोनित महर्जनका अनुसार नेपालका विभिन्न शहरमा गरिएको छनौट चरण पार गरी ६० प्रतिस्पर्धी मध्यबाट नबिन र सोनु अन्तरराष्ट्रिय मंचमा पुगेका हुन । प्रतिस्पर्धा अन्तर्गत हाल च्वाईस पोलका लागि अनलाईन भोटिङ सुरु भएको र मिस्टर तथा मिस क्याटेगोरीका लागि प्रतिस्पर्धी र देशको नाम अंकित गरी भोटिङ खुला भएको पनि उनले जानकारी दिए । शनिबार ३१ अगस्ट, ४ बजे सम्मका लागि भोटिङ खुला रहेको बताउदै उनले सबैलाई भोटिङका लागि अपिल समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here