दक्ष ईन्टरनेशनलले मिस एण्ड मिसेज व्यूटिफुल नेपाल२०२० का विजेताहरुको सहकार्यमा लकडाउनका कारण विचल्लीमा परेका केही परिवारलाई राहत वितरण गरेर सहयोग गरेको छ । दैनीक श्रम गरि जिविकोपार्जन गर्दै आएका तर लकडाउनका कारण आफ्नो आय आर्जन गुमाएर आर्थिक स्थिती कमजोर भएका परिवारलाई दक्ष ईन्टरनेशनलको कार्यालय नयां बानेश्वरमा उक्त राहत वितरण गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेले जानकारी दिए ।
राज मेक स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले २०२० मा आयोजना गरिएको मिस एण्ड मिसेज व्यूटिफुलका विजेता मिसेस व्यूटिफुल उर्मिला पन्त भण्डारी, मिसेस व्यूटिफूल नेपालकी सेकेण्ड रनर अप सुनिला केसी कार्की मिस व्यूटिफुल नेपालकी विजेता रुपा अधिकारी ले उक्त राहत वितरण संकलनमा विशेष सहयोग गरेको बताए ।
उपाधी विजेता पश्चात समाज सेवामा सक्रिय रहने सहभागीहरुको उद्देश्य अनुसार उक्त राहत वितरण गरिएको मिसेस व्यूटिफूल नेपालकी विजेता उर्मिला भण्डारीले बताईन ।