पेजेन्ट नेपालले आयोजना गरेको पिकनिक कार्यक्रम सम्पन्न भएको छ । बालाजु स्थित बालाजु बाईसधारा पार्कमा आयोजना भएको कार्यक्रममा देशका प्रतिष्ठित व्यापारी, नेपाल सरकारका उच्चतहका कर्मचारी, कलाकार, फेशन डिजाईनर वरिष्ठ संचारकर्मी, मोडल ,ईभेन्ट अर्गनाईजरहरुको उपस्थिती रहेको थियो ।
पेजेन्ट नेपालले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रायोजकको रुपमा सहयोग गर्ने सर्पोटर एवं कलाकर्मीहरुको जमघट गराउने उद्देश्य अनुसार यस किसिमको पिकनिक कार्यक्रम आयोजना गरिएको पेजेन्ट नेपाली प्रमुख तथा फेशन डिजाईनर ममथा बस्नेतले बताइन ।
कार्यक्रममा जुम्बा टोलीको आकर्षक जुम्बा डान्सले कार्यक्रम उल्लाहसपूर्ण रहेको थियोे भने बेलुन फुटाउने,घैटो फोड्ने म्यूजिकल चेयर तथा डान्स कम्पिटिसन जस्ता प्रतियोगीताका विजेताहरुले आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका थिए । कार्यक्रममा सहभागी भएका सम्पूर्णले आफुले सोचेभन्दा निकै रमाईलो भएको बताएका थिए ।