‘यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले जितेकी छन्। ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शनिबार कालोपुल स्थित बेस्ट भेन्यूमा सम्पन्न फाइनल राउन्डबाट शशीलाई विजेता चुनिएको हो।

त्यस्तै प्रतियोगिताको फर्स्ट रनरअप नेहा खड्गी तथा सेकेन्ड रनरअप मनिशा राजवंशी बनेकी छन्। विभिन्न १६ विधामा उत्कृष्ट हुनेलाई पनि प्रतियोगितामा छनोट गरिएको छ। जसअनुसार अर्गानाइजर च्वाइसमा सञ्जली घिसिङ, पब्लिक च्वाइसमा झर्ना श्रेष्ठ र भिवर्स च्वाइसमा राधिका राई परिन्।

त्यस्तै मिस फोटोजेनिक शशी प्रधान, मिस इन्टरटेनर राधिका राई, मिस क्याटवाक अनु राई, बेस्ट ड्रेस झर्ना श्रेष्ठ, बेस्ट स्माइल सरिता मिक्छान र ब्युटीफुल हेयर लाक्पा डोमा शेर्पाले प्राप्त गरिन्।

त्यस्तै, मिस पङ्चुअल आकृति गोले, मिस बब्ली सुनिता रुम्बा, मिस फ्रेन्डली मनिषा राजवंशी, मिस ट्यालेन्ट जेनिशा मगर, बेस्ट फिगर ईशा देवकोटा र मिस कन्फिडेन्ट अवार्ड सञ्जली घिसिङले हासिल गरेको आयोजक ग्रेस इभेन्टका सीईओ सुरज थापाले जानकारी दिए।

१ महिनाअगाडि अडिसनबाट २५ जना छनोट गरिएको र दोस्रो चरणमा ट्यालेन्ट शोमार्फत १३ जनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो। ईपी एजुकेसन अस्ट्रेलियाद्वारा प्रायोजित प्रतियोगिताको अडिसनपश्चात सम्पूर्ण कन्टेस्टेन्टलाई निरन्तर ट्रेनिङ गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here