मिस एण्ड मिसेस ब्युटिफुल को ग्राण्ड फिनालेको लागी नयां बानेश्वरस्थित एलिनाज बेकरी क्याफेको हलमा टैलेन्ट राउण्ड सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै फरक पहिचान बनाएको दक्ष इन्टरनेशनलको आयोजनामा बिगत ५ बर्ष देखि निरन्तर आयोजना हुदै आएको मिस एण्ड मिसेस ब्युटिफुल नेपाल बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभा प्रर्दशन गरेका थिए । बरिष्ठ अभिनेता उत्तम केसी, वरिष्ठ अभिनेत्री रश्मि भट्, बरिष्ठ गायक एवं नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल, नायिका ताथ मोडल एलिना बांस्कोटा, वरिष्ठ सौन्दर्यविद शशी शाह तथा चर्चित कमेडियन गोपाल ढकाल छन्देले निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगी प्रतिभा प्रर्दशन कार्यक्रममा प्रतियोगीहरुले आकर्षक नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । राज मेक अप स्टुडियोको व्यबस्थापनमा आयोजना हुन लागेको मिस एण्ड मिसेस व्युटिफुलको ग्राण्ड फिनाले आगामी फाल्गुन २ गते शुक्रवार राष्ट्रिय नाचघरमा हुने आयोजक टेकराज पाण्डेले जानकारी दिए ।
आयोजक संस्था दक्ष ईन्टरनेशन तथा राज मेक स्टुडियोका प्रबन्ध निर्देशक तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेका अनुसार अबिवाहित तथा बिवाहित महिला गृहिणी तथा व्याबसायिक महिला दिदि बहिनीलाई यस प्रतियोगीता मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएको बताए । बिवाहित तथा अबिवाहित गरि ३७ अन्तिम प्रतियोगी रहेका प्रतियोगीतका कोरियोग्राफरमा आश्विनी झा रहेका छन भने प्रतियोगीको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको छ । काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रमको फोटोग्राफी फोटोग्राफर सुदिप पोख्रेलको रहेको छ ।