काठमाडौं– विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ।यस कारण सारा संसार आफ्नै घर भित्र बस्न बाध्य भएको छ। यसरी जीवनशैलीमा आएको अप्रत्याशीत परिवर्तनले, हाम्रो मानसिक बोझ बढेको, हामी सबैले महसुस गरेका छौं।

यसै सन्दर्भमा रहेर रोटराक्ट क्लब अफ पाटन साउथले भारत स्थीत रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्ट चेन्नई, संगको सहकार्यमा ‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिवल आयोजना गर्दै छन्।

कोभिड–१९ महामारी र क्वारेन्टिन को विषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिङ र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न सम्पूर्ण कलाकारहरुलाई यस फेस्टिबलमा सहभागी हुन क्लवले आमन्त्रित गरेको छ ।

प्रतियोगिताको निर्णय, निर्णायक मण्डलबाट नेपालका कलाकार चिराग बांग्देल र भारतका कलाकार तन्हा पर्देशीबाट हुनेछ।

निर्णायक मण्डलद्वारा धोषणा गरीएको उत्कृष्ट कलाकृतीलाई नेपाल र भारतका प्रमुख पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने आयोजकले बताएको छ।

कलाकारहरुले आफ्नो कलामा कोभिड–१९ महामारीले गर्दा जीवनशैली र आर्थिक गतिविधिमा आएको परिवर्तन, बन्दाबन्दिमा घटेका घटनाहरु र आइसोलेशन वार्डमा समय बिताई रहेका मानिसहरुको भावनालाई समेट्न सक्नेछन।
कलाकारहरुले असार २८, २०७७ ९जुलाई १४, २०२०० सम्म आफ्नो कलाकृति पठाई सक्नु पर्नेछ।

ईच्छुक कलाकारहरुले ब्यानरमा रहेको क्यु आर कोड प्रयोग गरि आफुलाई रेजिस्टर गर्नु पर्नेछ र कृतिहरु quarantinedartists@gmail.com मा पठाउनु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here