लगातार उत्कृष्ट गीतहरु सार्वजनिक गर्दै आईरहेकी गायिका ईन्दिरा भट्टराईले पूनः अर्को डान्सिङ्ग गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत तिमी बिनामा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश वादुले साथ दिएका छन ।

मनोज सिंह धामीको शव्द भूवन प्रकाश वादुकै ऐरेन्ज तथा संगितमा तयार गीतको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन । गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मरुभूमि नारायणले र सम्पादन रोशन धितालले गरेका हुन ।
गायिका ईन्दिराको आफ्नै यूट्यूब च्यानल ईन्दिरा म्यूजिक एण्ड ईन्टरटेनमेन्ट बाट सार्वजनिक भिडियोको निर्माण ईन्दिरा म्यूजिकले निर्माण गरेको हो ।

हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here