नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित तथा गीतकार यशु थापाको ‘चुँडी लगेउ मुटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको रहेको छ ।


बेल्जियम  एनआरएनका पूर्व उपाध्यक्ष तथा सल्लाहकार एवं क्षेत्री समाजका महासचिव यशु थापाको शव्द रहेको गीत छोटो समयमा नै लोकप्रिय भएको छ । रचनाकार यशुका यस अघि शव्दहरु पनि निकै चर्चामा रहने गरेका थिए । बिदेशमा रहेर पनि नेपाली गीत रचनामा सक्रिय रुपमा लागेकी यशु सामाजिक सेवामा पनि उनको योगदान रहेको छ । विभिन्न व्यापार व्यबसाय तथा समाजसेवामा व्यस्तताका बावजुद पनि गीत रचना गर्न अग्रसर उत्कृष्ट लेखन भएकै कारण छोटो समयमा नै उनको चर्चा चुलिएको छ । “गीतान्जली” नामक एल्बम उनीद्धारा रचित पछिल्लो एकल एल्बम हो । राजसागरको स्वर तथा संगीत रहेको उक्त एल्बममा समावेश गीतहरु निकै लोकप्रिय छन् ।
गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी वरपरका मनोरम स्थलहरुमा छयांकन भएको गीतको म्यूजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन भने मेक अप निर्मला आचार्य रहेको छ । बिष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियोमा मोडल रेनु लामा, सन्दिप गुरुङ्ग तथा प्रकाश सूवेदीको अभिनय रहेको छ

थुप्रै चलचित्रमा डान्स कोरियोग्राफी गरेर चर्चा कमाएका सफल निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडीयोहरु लोकप्रिय हुने गरेका छन । भिडियो सार्वजनिक पश्चात उनको चर्चा पून सांगीतिक क्षेत्रमा बढ्न थालेको छ । सकारात्मक प्रतिक्रृया र उनको निर्देशनको दर्शकले निकै तारिफ गरेका छन । नृत्य निर्देशक श्रेष्ठ पछिल्लो समय म्यूजिक भिडियो निर्देशकमा सांगीतिक क्षेत्रका व्यस्त निर्देशकमा पर्ने गरेका छन ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here