अमेरिका । अमेरिकामा सम्पन्न मिस नेपाल नर्थ अमेरिका प्रतियोगितामा जुबली शेर्पा मिस नेपाल नर्थ अमेरिका २०२३ को बिजेता बनेकी छिन । १८ जना प्रतियोगीहरु वीच भएको प्रतिष्प्रर्धामा जुबलीको उत्कृष्ट प्रस्तुतीले यो उपाधि जित्न सफल भएकी हुन । उनी संगै फष्टरनरमा रजिला बास्तोला र सेकेण्डरनरमा इसा सुवेदीले उपाधी हात पारेकी छन । सोलुखुम्बु खुम्जुङकी जुबली नेपालमा डेफोडिल बोडिङ स्कुलको अध्ययन पछि सन २०११ मा अमेरिकामा आएका थिए । उनी अहिले म्यानहृटनस्थित हन्टर कलेजमा पोलिटिकल साइन्स विषयमा अध्ययनरत छन ।

‘ मिस नेपाल नर्थ अमेरिकाको उपाधि जित्न पाएकोमा धेरै खुसी लागीरहेको छ ‘ मलाई यहासम्म सहयोग गर्ने मेरो अभिभावक र सवै सहयोगीहरुलाई हादिर्क धन्यवाद दिन चाहान्छु । ‘ उनले भने-‘ नेपालमा हुदानै मिस नेपालमा भाग लिने इच्छा थियो तर त्यतिबेला ८ बर्षको मात्र भएकोले संभव भएन । अमेरिकामा आएर मेरो मिस नेपाल हुने सपना पुरा भएको छ’ ।

जुबली आरोही शेरब जाङबु र आमा युटी शेर्पाको छोरि हुन । उनी जन्मेको वितिकै उनको बुबा शेरबले सगरमाथा आधारशिविरमा छोरिको नाम जुब्लि याङजी शेर्पा भनेर न्वारण गरेका थिए ।

मिस नेपाल नर्थ अमेरिकाको यो उपाधिपछि जुब्लिको यात्रा नेपालमा पुगेर आफनो अनुभव साटने र केही सामाजिक कार्य गर्ने योजनामा छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here