थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको ईभेन्ट ब्यबस्थापनमा “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु भएको छ l विर्तामोडमा सोराठी ठान्स सेन्टर र ईटहरिमा नागी डान्स सेन्टरको हलमा तालिम सञ्चालन भईरहेको छ ।इच्छुक र छुट हुनु भएका प्रतियोगीले चाडै नै सम्पर्क गरि सहभाागिता जनाउन सकिने कुरा जानकारी दिईएको छ ।यस प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरिरहेको छ। यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन् l यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा प्राय यस्ता खालका कार्यक्रम हुने भएको कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूष उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको अायोजकले जानकारि गराएको छ । पच्चीस दिन लामो प्रशिक्षण सुरु गरिएको यस प्रतियोगितामा भाग लिने युवती तथा महिलाहरु १६ देखि ३०बर्ष, उचाइ ४’८” र केटा ५:२ भन्दा माथिका प्रतियोगीहरु रहेका छन l यस सौन्दर्य प्रतियोगिताको बिजेताले चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन् l प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरूलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक सुजन रिमालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here