चर्चित लेखक तथा फिल्म निर्माता मौनता श्रेष्ठले निर्माण गर्ने तथा ओमसाइभक्त भुमीको ब्यानरमा निर्माण हुने चलचित्र आधितुफान २ मा नायक संजित भण्डारी पनि प्रबेस गरेका छन् ।मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स बिषय रहने यस चलचित्रको कास्ट एंड क्रू पुरा भएको छ र वर्कसपको समापनका पश्चात छांयाकनमा जानेछ ।यस चलचित्रमा नायक सन्जित भण्डारीले स्टालिस लवर वायको भुमिकामा देखिनेछन् भने उनि भारतको विश्व प्रसिद्ध फिल्म एड टेलिभिजन सस्थान पुने बाट फिल्म सम्बन्धी अध्ययन गरि फर्केका कलाकार हुन ।चलचित्रमा उनिलाइ सुहाउने भएकाले धेरै चरणको परिक्षण पछि उनलाई लिएको निर्माण पक्षले बताउछ ।
केहि हप्ता अगाडि पत्रकार सम्मेलन गरेर अन्य कलाकारको जानकारि दिएको निर्माण टिमले यस चलचित्रमा भारतीय जगतका चर्चित खलनायक कनिज कोइराला का साथ मा आरति आर्याल,याङ्सु,श्रेष्ठ,मुकून्द थापा,धुव्र कोइराला।संजय खतिवडा,पुस्कर राउत ,भोला अधिकारि,सिवन लामा,राजाराम गौतम,गोकुल सुबेदि,पुनम गौतम,सान अधिकारी,सोनी बि.सी ,जोया बुढाथोकी,रुपा के.सि,सरोज दाहल बिन्द्धीया शाहि ,रमेस तमाङ्ग बाल कलाकार अरुणकालिजराजको अभिनय रहनेछ ।२०६३ सालमा सर्वाधिक सफल चलचि आधि तुफान “को सिक्वेलको रुपमा बन्ने नारी प्रधान,नारी एक्सनले भरिपुर्ण चलपचित्र हुनेछ ।रामचरण उप्रतीको छायांकन,प्रेम चुल्ठेको द्धन्द ,सुरेस अधिकारिको संगित रहनेछ ।
