सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विबसता राजनीतिक परिघटना र वैदेशिक हस्तछेपले हाम्रो समाजमा नराम्रो असर पारेकाे छ त्यसमा पनि विषेश गरि नारीहरु यसकाे प्रत्यक्ष मारमा छन् ।

यिनै कथा ब्यथा हरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भनेर यश गितबाट सकरात्मक सन्देश गितमा दिन खाेजियकाे छ। पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् ।

बराहाताल मुभि हाउसकाे ब्यानरमा निर्मित भिडियाेमा छायांकन अर्जुन सापकाेटा काे रहेकाे छ भने संपादन तथा रंग संयाेजन निर्मल प्याकुरेलकाे रहेकाे छ । भिडियाे पाेस्ट प्राेडक्सन काे कार्य भने श्रीनाथ फिल्मस्ले गरेकाे छ । सो म्युजिक भिडियोलाई चन्द्र मन्दिरले निर्देशन गरेका हुने भने काेरियाेग्राफी सीता भण्डारीले गरेकि हुन् । उक्त भिडियोको निर्माता ज्योति पौडेल (शाहि) रहेकी छन् । भिडियोमा सुधा कार्की, बिनम कँडेल, ममता खडलुक, जानकी शाहि, लक्ष्मी शाहि, भूमिका खड्काको बेजोड अभिनय रहेको छ । प्रकाश शाहि युट्ब च्यानल बाट भिडियो सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here