सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । अर्थ नेपालको  आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागी आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कोभिडको कारण सुस्ताएको नेपाली गीत संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले बताउनुभएको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने छन् ।

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here