मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि अन्तिम चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कलाकार तथा निर्देशक लय संग्रौला, वरिष्ठ अभिनेत्री रश्मि भट्, महिला निर्देशक सुचित्रा श्रेष्ठ तथा मिसेस व्यूटिफुल नेपाल २०२० कि विजेता उर्मिला पन्त को जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए । गिता उफ्रेतीको संचालन रहेको अडिसन कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहे पनि जुरी टिमले मात्र १५ जनालाई छनौट गरेको थियो ।
बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रिया सम्पन्न भए लगतै आउदो १५ गते बाट नियमित प्रशिक्षण शूरु हुन जानकारी आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले दिएका छन । प्रशिक्षणको औपचारिक शूरुवात चर्चित हांस्यकलाकार किरण केसीले गर्नेछन ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २१ दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा अन्य ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।
यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।