विश्व मिडिया प्रा.लि.को आयोजनामा “ह्याण्डसम हन्क नेपाल २०१८”को तयारी तिव्र रुपमा भैरहेको छ । विश्व मिडियाले युवाहरुका लागि विशेष रुपमा कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने र देशमा मात्र नभै विदेशमा पनि युवाहरुको प्रतिभा प्रस्फुटन गराउने अवसरका रुपम ह्याण्डसम हन्क नेपाल आयोजना गर्दै आएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल हुदै आएको बिश्व मिडियाले सौन्दर्य प्रतियोगिताहरु मध्येको लोकप्रिय र चर्चित “ह्याण्डसम हन्क नेपाल २०१८” को ग्रेण्ड फिनालेको तयारी तिव्र रुपमा गरिरहेको छ ।

अव आयोजना हुन लागेको ह्याण्डसम हन्क नेपालका लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुदै छ , र त्यसका लागि नेपालभर बाट अडिसन दिएका युवाहरुमध्येबाट छनौट भएका युवाहरु हाल तालिममा व्यस्त रहेको संस्थाका प्रबन्ध निर्देशक बिक्रान्त पौडेलले जानकारी दिए । तालिमको क्रममा युवाहरुलाई विभिन्न सामाजिक कार्य, फिल्ड भिजिट, बाईक र्याली लगायतका कार्यक्रमहरुमा सहभागी गराईने आयोजक त्रिज्ञा भेलेले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले बजाजको पल्सर मोटरसाइकल तथा आईफोन सिक्स लगायत अष्ट्रेलियामा देशको प्रतिनिधित्व गरि अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक विक्रान्तले दिए । प्रतियोगिताका लागि छनौट भएका युवा प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसका लागि चर्चित कोरियोग्राफर एवं म्यान हन्ट नेपाल २०१२ का बिजेता सनीश शाक्यले कोरियोग्राफी गरिरहेका छन । दक्ष एवं विज्ञ ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रतियोगितालाई सफल बनाउन निमेष गौतम र संगम मैनाली जस्ता मिहिनेती युवाहरुले दिलोज्यान लगाएर आफ्नो भूमिका निर्वाह गरिरहेका छन ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको ज्ञानलाई उपयोग गर्न सक्ने बनाउनु महत्वपूर्ण लक्ष्य रहेको आयोजक पौडेलले बताए ।
यस किसिमको प्रतियोगीताले युवाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिश्वस्त छन।
चैत्र पहिलो हप्तामा सम्पन्न हुन लागेको ह्याण्डसम हन्क नेपाल लगतै मिस एयरहोस्टेस फेमिनाको दोश्रो सिजनको तयारीमा व्यस्त रहने प्रबन्धक करण लामीछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here