जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।

गायिका रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने चर्चित गीतकार लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट,चक्र साउद,केशब भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ । भिडियो केशब भट्टको कोरियोग्राफीमा तयार भएको हो ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार राजेन्द्र थापा थिए भने नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष विपुल पोखरेल बिशिष्ट अतिथी रहेका थिए । भने चलचित्र निर्माता आकाश अधिकारी, नेपाली सेनाका महासेनानी सानुकाजी थापा, मेजर बिदुर बिक्रम अधिकारी क्षेत्री, बरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अडियो तथा भिडियो निर्माणमा योगदान गर्नेलाई कदर पत्र प्रदान गरिएको थियो । सैनिक जन सम्पर्क तथा सुचना निर्देशनालय, इन्द्र बक्स गण सुर्यविनायक, मेजर विदुर बिक्रम अधिकारी क्षेत्री, अन्य ६ जना मेजर लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here