लोक गीत ‘कोदोको ढिडो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिरा खनाल र गौतम शेर्पाको शव्द लयमा तयार गीतलाई हरि बिसी,सुनिता ओली,महेश बिक्रम पाण्डे र रोशनी बुढा मगरले स्वर दिएका छन । संगित बद्री पाठकको रहेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले ऐरेन्ज गरेका हुन ।

लोकप्रिय मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा शिवनकै साथमा मोडल करिष्मा ढकाल, सन्तोष कुमार, सम्वेक भुषाल र रितु सुनार फिचर्ड रहेका छन ।
बिन्दवासिनी म्यूजिकबाट सार्वजनिक गरिएको गीतको भिडियोको छायांकन महेश महेश महराको तथा सम्पादन राजन केसीको तथा कोरियोग्राफी दिलिप राईको रहेको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here