काठमाडौँ — जेष्ठ १०, २०७९। सन २०२२ को सबैभन्दा ठूलो मोडलिङ प्रतियोगिता ‘द फ्लिक मोडल्स’ को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ। “जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर” भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए ।

देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब्बा मानन्धर निर्णायकको भूमिकामा थिए ।

नेपाली कला, संस्कृति, फेसन तथा प्रतिभालाई प्रवर्द्धन गर्दै आफ्नो व्यक्तित्व विकास संगै आफूमा लुकेर रहेका प्रतिभा उजागर गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म रहेको आयोजक आदर्श शर्माले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here