काठमाडौँ — २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।
उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी कार्यक्रम व्यवस्थापक सम्मान — २०७९, अन्तर्राष्ट्रिय फेसन शो तथा सौन्दर्य प्रतियोगिता कोरियोग्राफर रोजिन शाक्यलाई दुई दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शो तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपालभाषाको समाचार वाचन, फेसन पत्रकारिता, रंगमञ्चीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एन्ड हस्पिटालिटी कलेज अध्यापन लगायतका विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहंदै नेपाली फेसन, सौन्दर्य तथा संचार क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन कोरियोग्राफर सम्मान — २०७९, पप / रक गायक तथा संगीतकार बिनोद ढकाललाई नेपाली सांगितिक वृत्तमा डेढ दशक अघि उनकै शव्द, संगित र स्वरमा ‘डाउनलोड’ नामक गिती संग्रह सार्वजनिक गरी नेपाली पप/रक संगित विधालाई अंगाल्दै नेपाली सांगितिक जगतमा पदार्पण गरी दर्जनौं उत्कृष्ट गितहरुमा स्वर भर्नुका साथै बिभिन्न म्युजिक भिडियो, टेलिचलिचित्र, चलचित्रमा अभिनयसंगै भोईस ओभर आर्टिस्टको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली गीत, संगित तथा चलचित्र क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी रक गायक सम्मान — २०७९, मोडल तथा फेसन कोरियोग्राफर प्रियारानी लामालाई नेपाली मोडलिङ तथा रंगमंच क्षेत्रमा सक्रियरही विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी, दर्जनौंभन्दा बढि म्युजिक भिडियोमा अभिनय, टेलिभिजन कार्यक्रम प्रस्तोता साथै अन्तर्राष्ट्रिय मंचमा नेपाललाई प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड कस्मोपोलिटन–२०१९’ की विजेता बन्न सफल रही निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा मोडलिङ जगतको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान— २०७९, नेपाल खनिज तथा द्रव्य संघका प्रथम अध्यक्ष स्व ईन्दु कुमार श्रेष्ठलाई नेपालमा रहेको खनिज तथा द्रव्य सम्वन्धी खोज तथा अन्वेषन कार्यमा आफ्नो जीवनकालमा निरन्तर सक्रियरही प्रदान गर्नुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै मरणोपरान्त उहाँलाई एभरेष्ट एक्सेलेन्सी ईको फेसन एन्ड लाईफस्टाईल सम्मान — २०७९, नायक, मोडल तथा फेसन कोरियोग्राफर दिक्पाल कार्कीलाई विगत एक दशकदेखि नेपाली मोडलिङ तथा रंगमंच क्षेत्रमा सक्रियरही विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी, दर्जनौंभन्दा बढि म्युजिक भिडियो, चलचित्र तथा वेब सिरिजमा अभिनय, टेलिभिजन कार्यक्रम प्रस्तोता साथै म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ मा नेपाललाई प्रतिनिधित्व गर्दै विजेता बन्न सफल भई निरन्तर सक्रिय रहंदै नेपाली फेसन तथा सौन्दर्य क्षेत्रको उन्नयनमा पुर्याउएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान — २०७९, फेशन मोडल तथा कोरियोग्राफर सनिश शाक्यलाई म्यान हन्ट ईन्टरनेशनल नेपाल २०१२ को उपाधी हात पारी नेपाली मोडलिङ तथा रंगमंच क्षेत्रमा सक्रिय रहँदै विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी, म्युजिक भिडियो अभिनय तथा सिल्भर स्टार ईन्टरटेनमेन्ट मार्फत बिभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै निरन्तर सौन्दर्य तथा मोडलिङ जगतको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान — २०७९, सौन्दर्यकर्मी तथा मोडल निलम पौडेललाई विगत लामो समयदेखि नेपाली सौन्दर्य क्षेत्रमा एक कुशल सौन्दर्यकर्मी र मोडलको रुपमा सक्रिय रहँदै समाजसेवामा समेत आवद्द रही विविध क्षेत्रमा निरन्तर सक्रिय रहंदै नेपाली फेसन, मोडलिङ तथा सौन्दर्य क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन कोरियोग्राफर सम्मान — २०७९, फेसन डिजाइनर तथा व्यवसायी गोमा तिवारीलाई फेसन डिजाइनिङको क्षेत्रमा आफूलाई स्थापित गराउँदै विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा जी.एस.के. वर्सटाइल मार्फत उत्कृष्ट डिजाईनका पहिरनहरुको प्रायोजन तथा प्रवद्र्दन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फेसन डिजाईनिङ क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी फेसन डिजाईनर सम्मान — २०७९, इभेन्ट आयोजक तथा समाजसेवी युवा अभिविन्द खनियालाई युवा युवतीहरुको आन्तरिक प्रतिभा प्रस्फुटनसंगै उनीहरुको क्षमता अभिवृद्दि गर्नै उद्देश्यले राजधानी तथा मोफसलमा अभ्यानी प्रोडक्सनमार्फत युवा सशक्तिकरणका लागि विभिन्न सौन्दर्य प्रतियोगिता, व्यक्तित्व तथा नेतृत्वदायी क्षमता विकास सम्बद्द कार्यक्रमहरु संचालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल र नेपाली युवाको प्रतिनिधित्व गर्दै निरन्तर सक्रिय रहंदै युवा सशक्तिकरण क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्ट एक्सेलेन्सी युवा सम्मान — २०७९ समर्पण गरिएको आयोजक संस्था एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ले जानकारी दिए ।