जैन दीपिका ग्यारेटले एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् । उमङ्ग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पारेकी हुन् ।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी भएकी हुन् ।

त्यस्तै, फस्ट रनर अप गरिमा घिमिरे, सेकेन्ड रनर अप, बुद्धिसारा सुनारा, तेस्रो रनर अप सितास्मा पोख्रेल र चौथो रनर अप अभिलासा लम्साल भएका छन् ।

विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी छन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।

एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, सङ्गीता पहाडी, आयुशा कार्की श्रेष्ठ,सुरक्षा पन्त,नन्दिनी एल थापा, सौरभ ज्योति रहेका थिए ।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भाडोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here