“फेस अफ मारवाडी-२०१८ ”का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । पेजथ्री हट कल्चरको पहिलोपटक आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा महिला २१ र ७ पुरुष गरी २८ जनाले स्पर्धा गरिरहेका छन् ।

प्रतियोगीहरुले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत नृत्य, गायन, अभिनय लगायतका कला देखाएका थिए । ट्यालेन्ट राउण्डका लागि अभिनेत्री तथा मिस नेपाल उषा खड्गी, नितु शाह, रोजिन शाक्य , रुसुक श्रेष्ठ तथा पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुका लगायत निर्णायक रहेका थिए । प्रतियोगिताको फाइनल यही चैत्र २५ राजधानीको ताहाचल मार्ग, स्थित सोल्टी क्राउन प्लाजामा हुँदैछ ।

“फेस अफ मारवाडी” प्रतियोगितामा विभिन्न किसिमका तालिमहरु प्रदान गरेर दैनिक जिबन तथा सामाजिक जिबनमा आफुलाई आत्मा बिश्वास बढाएर अगाडी बढाउने उपयोगी तथा आत्माबल बढाउने किसिमका मोटिभेशन क्लासहरु दिदै आईरहेको छ ।
चैत्र २५ गते ग्रान्ड फिनाले हुने यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु, पुरुषले भाग लिएका छन ।

यस सौन्दर्य प्रतियोगिता मार्फत “फेस अफ मारवाडी को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृद्धि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको पेजथ्री हट कल्चरको संचालिका रेखा मोदी मित्रुले जानकारी गराएकि छिन।

प्रतियोगितामा विजेता हुनेले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजक पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here