चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित भएका छन । अन्तराष्ट्रिय फेशन कोरियोग्राफर समेत रहेका शाक्यलाई उक्त सम्मान कार्यक्रम प्रमुख अतिथी महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।
नव वर्ष २०७६ को उपलक्ष्यमा नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा दरबारमार्ग स्थित होटल अन्नपूर्णमा संचालन भएको शुभकामना आदान प्रदान कार्यक्रममा लामो समय देखि सक्रिय रहेर आ आफ्नो क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा कोरियोग्राफर शाक्य संगै वरिष्ठ संगीतकार शंभुजित बाँसकोटा, चलचित्रकर्मी रविन्द खड्का, इन्टरमोडल दिपक घिमिरे लगायतकाहरु सम्मानीत भएका थिए ।