प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अहिले सम्म आएको ७० आवदेन मध्ये ३८ जनाले अडिसनमा सहभागिता जनाएका थिए। सो सहभागिलाई दोस्रो चरणको प्रतियोगितामा लानको लागी छनौट गर्ने जिम्मेवारी अडिसन जजको रुपमा व्यवसायी तथा पेजेन्ट जज रेनोल्ड पीटर रोद्रिगुएस, प्लानेट मल्टिमेडिया का प्रमुख तथा फेसन कोरियोग्राफर मोनित महर्जन, शेड्स बिउटी स्टुडियोकी प्रमुख मेक्-अप आर्टिस्ट सृजना कार्की र मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ की बिजेता सोनु श्रेष्ठले लिएका थिए ।

सहभागिता उत्साह जनक रहेको र त्यस्लाई मध्य नजर गर्दै केहि दिनमा अर्को अडिसनको तयारी गरिएको जानकारी संयोजक भारती जि सी तथा निर्मल भट्टले गराएका छन्, साथै अनलाइन आवेदन तथा अनलाइन अडिसन समेतको व्यवस्था गरिएको बताएका छन्। आयोजक मध्येबाट अशोक बुडाल, रोमित शाही र बिशाल मल्लले कार्यक्रम नित्तान्त फरक र नयाँ शैलिका साथ सम्पन्न गरिने र सोको लागी लगभाग तयारी सकिएको जानकारी गराएका छन। साथै दोस्रो चरणको अडिसन लगतै छनौटमा पर्न सफल सहभागिलाई लिएर प्रशिक्षण कक्षा सुरु गरीने समेत जानकारी गराएका छन् । यस कार्यक्रमका बिजेताहरुका साथै अन्य दुईजना पनि आयोजकले क्षमताको आधारमा छनौट गरी आगामी मे महिनामा मलेशियाको कोता शहरमा हुने मिस्टर एण्ड मिस रन्वे मोडल युनिभर्स २०२० मा नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन, जसमा अरु ३० भन्दा बढी राष्ट्रले पनि सहभागिता जनाउने छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here