काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्जवल जंग शाह, सौन्दर्यविद् शशी शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, खेल विज्ञ डि एन घिसिङ, संचारकर्मी समिर नेपाल, बालकलाकारद्धय प्रिन्स प्रसिद्ध सिंह थापा र अक्षता पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर र फेसियल हाउस इन एशोसिएसन पार्टनरको रुपमा रहेको छ । इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्न लागेको ईभेण्ट आयोजक ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फाल्गुण २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारी सम्मान गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे । अडिसन राउण्डमा छनौट हुन सफल सहभागीहरुलाई एक सातासम्म प्रशिक्षण दिई सन्देशमुलक विभिन्न थिमका साथ र्याम्पमा उत्रार्ने तयारी रहेको इभेण्ट कोरियोग्राफर केडी भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here