नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ।

लघु फिल्म ‘रगत’ जहिले पनि डिभी भरेर अमेरिका जाने सपना देख्ने एक युवक डिभी परेर पनि अमेरिका नगई कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथामा आधारित रहेको छ।

नेसन मिडिया गु्रप प्रा.लि. द्वारा निर्मित यस फिल्मको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा लेखक पुरुषोत्तम बस्नेतको रहेको छ भने रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यसैगरी फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीको पार्श्व संगीत रहेको छ।

निर्देशक बस्नेतका अनुसार नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाइएको हो।

त्यस्तै बस्नेतले लकडाउनको समयमा ‘बुहारी’ र ‘मे वान’ नामको दुई लघु फिल्म समेत बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here