बाल गायक सिर्जन त्रिपाठिको नयाँ गीत ‘रोएर सकिएन’ सार्वजनिक भएको छ । सडक बालबालिकाको कथा बोकेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
गीतमा नवीन मिश्रको शब्द रहेको छ भने सिमान्त सन्तोष र आमोस तामाङको सङ्गीत र सङ्कलन रहेको छ ।
युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा सडक बालबालिकाहरुले भोग्नुपरेको नीयतिलाइ मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
बालअधिकार र समानताका नारा धेरै लगाइएपनि अहिले पनि समाजमा रहेका घर र परिवार विहिन बालबालिकाले भोग्नुपरेको नियतीमाथी गीत केन्द्रीत छ ।
भिडियो :