कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।