काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here