काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ ।

कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ । गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरुको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता धेरै गीत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here