काठमाडौं— २६, माघ ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप नगद रु.५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछिन।

super plus size model nepal, 2019

प्रतियोगितामा फर्स्ट रनर अप नेहा गिरी र आशा चौधरी सेकेन्ड रनर अप हुन सफल भइन्।

super plus size model nepal, 2019

फर्स्ट रनर अप नेहाले उपहार स्वरूप नगद रु। ३०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज ,२०१९ मा सहभागिता जनाउन पाउनेछिन साथै सेकेण्ड रनरअप आशाले उपहार स्वरूप रु।२०००० सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भईन ।

super plus size model nepal, 2019

यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएकोआयोजक प्रियंका बोथ्राले जानकारी दिइन ।

super plus size model nepal, 2019

ऋषेश्वर श्रेष्ठले संचालन गर्नुभएको प्रतियोगिताको प्रमुख अतिथी नेपाल महिला च्याम्वरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ रहनुभएको थियो कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि श्रेष्ठ,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर राज लुइँटेल र वुमानियाकी संचालिका प्रियंका बोथ्राले दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।

super plus size model nepal, 2019

प्रतियोगिताको निर्णायक मण्डलको रुपमा वरिष्ठ गायक सिताराम पोख्रेल, आभिनेत्री शुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे तथा समाजसेवी तथा महिला व्यावसायी शर्मिला सुब्बा रहेका थिए ।

super plus size model nepal, 2019

सपना राई र आरती प्रधानको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै,स्मृती वाल आश्रम , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘सौन्दर्य प्रतियोगिताले अबिवाहित र पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो’,आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here