मस्की मस्की , बुढेस्काल को लाठी, चिउरी फुल ,रात गुजार्न अझ बाँकी छ जस्ता कैंयौ लोकप्रीय गितहरुका चर्चितब्यान्ड MT 8848 ले हालै आफ्नो नया एल्बम मा समावेस एक गित ‘रेल्ला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ब्यान्ड का सदस्य मध्ये ब्यान्डका गायक जिग्मे लेप्चा ले ब्यान्ड लाई निरन्तरता दिएका छन भने पुराना गायक दर्सन राईले ब्यान्ड छाडेका छन ।
भिडियो लाई कमिक बेस्ड मा बनाइएको छ र यसमा मुख्य कलाकारको रुपमा चर्चित प्र्यान्क्स्टार एलिश राईको साथ मा आज कल का लभ फेम नायिका कन्चन खड्काको रमाइलो अभिनय हेर्न सकिन्छ । काठमाडौका रमरणीय स्थानहरुमा छांयाकन गरिएको भिडियो का छांयाकार धन योन्जन तामाङ र आसु बस्नेत , सम्पादक माधब बेल्बासे र निर्देशक अमृत सुनुवार हुन भने भिडियो लाई ब्यान्ड को आफ्नै अफिशियल युट्युब च्यानल MT 8848 मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here