काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न क्रिएटिभ इनसाइड मिडियाको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजना रहेको फेस अफ दी नेशन, २०१९ को उपाधी विजेता रिजा मिश्रले ताजसंगै नगद रु, २५,०००/- प्राप्त गरिन ।

प्रतियोगितामा श्रुती श्रेष्ठ फर्स्ट रनर अप र अमित आले ले सेकेन्ड रनर अपको ताज पहिरिन सफल भए। उनीहरुले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यस सौन्दर्य प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीहरुलाई उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।

ऋषेश्वर श्रेष्ठले संचालन गर्नुभएको प्रतियोगिताको प्रमुख अतिथी नेपाल महिला च्याम्वरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ रहनुभएको थियो कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि श्रेष्ठ,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर राज लुइँटेल र वुमानियाकी संचालिका प्रियंका बोथ्राले दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलको रुपमा वरिष्ठ गायक सिताराम पोख्रेल, आभिनेत्री शुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे तथा समाजसेवी तथा महिला व्यावसायी शर्मिला सुब्बा रहेका थिए ।

सपना राई र स्प्रीहा श्रेष्ठको करिव २५ दिन लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुले स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, स्टेज पर्फमेन्स, क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक राजपुतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here