प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् ।

निकै छोटो अवधिमा नै ‘त्यो पर्दैन’ गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ ।

वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् ।

वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here