काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम् भिडियो शुट आदी सुविधा समावेश छ । साथै एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् । यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका छन् । मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् । त्यस्तै प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ र रश्मी बुढाथोकी, सेकेण्ड रनरअपमा सुदिप कार्की र हेभेन उपाध्या, थर्ड रनरअपमा राजकुमार परियार र नैना गुरुङ विजेता बन्न सफल भए भने प्रणय राई र स्मारिका बरालले अर्गनाइजर च्वाइसको उपाधी हात पारे । राज दोङ् (आरडी) र निशान्त ठाकुरको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा इरि तुलाधर र प्रसेन श्रेष्ठले इभेण्ट होस्टको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सौहार्दपुर्ण वातावरण माझ सम्पन्न भएको इभेण्ट आयोजक आनन्द सिंहले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here