२ दशक भन्दा लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा शैक्षिक क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर सफल ईभेन्ट संस्थाको रुपमा ख्याती कमाएको एएनपी मिडिया हाउसको आयोजनामा लिटिल स्टार नेपालको दोश्रो संस्करणको तालिम शुरु भएको छ ।

केहि दिन अघि सम्पन्न छनौट चरणबाट नाम निकाल्न सफल भएका विद्यार्थीहरुका लागि शनिवारदेखि कलंकी स्थित एलआरआई स्कूलमा तालिम शुरु भएको हो । करीब ३०० जना भन्दा बढिले अडिसन दिएकामा ९० जना विद्यार्थीहरु छनौट प्रक्रियामा नाम निकाल्न सफल भएका थिए । जसमा सिनियर तथा जुनियर समूह गरि दुई समूहमा विभाजित गरि उनीहरुलाई देशका लोकप्रिय प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघ,नेपालका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए ।

नृत्य तर्फ चर्चित कोरियोग्राफर संदीप भुजेल,अभिनय तर्फ लोकप्रिय हास्य कलाकार तथा निर्देशक गोपाल ढकाल ‘छन्दे’ र गायन तर्फ संगितकार तथा गायक मोहन मगरले करीब डेढ महिना लामो प्रशिक्षण दिने छन ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने उक्त प्रतियोगितामा आ आफ्नो क्षेत्रमा विजेता हुने विद्यार्थीहरुले विभिन्न उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुका साथै अब्वल प्रतियोगिले मिडियामा छाउने अवसर लगायत मनोरन्जन क्षेत्रमा आवद्ध हुने अवसर समेत प्राप्त गर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here