दमक- बैसाख २५ गते आइतवार युनिक कलेज दमकको प्राङ्गणमा भएको मिस्टर एण्ड मिस कलेज २०२२ को फाइनल चरणको प्रतिस्पर्धामा दमक बहुमुखी क्याम्पस मा कक्षा १२ मा अध्ययनरत छात्रा रक्षा थापा तथा युनिक कलेज दमकमा कक्षा ११ मा अध्ययनरत छात्र दिवस उप्रेती प्रथम भएका छन् ।

युवा किशोरकिशोरीहरुको अन्तरनिहित बौद्धिक एव सौन्दर्य कला क्षमताको पहिचान एव प्रस्फुटनको निमित्त शंकर आर्ट फाउण्डेशन दमकको आयोजनामा भएको उक्त कार्यक्रममा मुख्य प्रायोजक फस्ट लिङ्ग दमक तथा युनिक कलेज दमक लगाएतको विषेश सहयोग थियो।

विजेताहरुले विभिन्न उपहार सहित युनिक कलेज दमकमा पुर्ण छात्रवृति एव अन्य विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । भने कार्यक्रममा युनिक कलेजका एलिस फुयाल जस्टीना धिमाल फस्ट रनरप तथा सिदार्थ उच्चमावि दमककी दिक्षा कुवर सुविन मगर दोश्रो रनरप भए भने कन्चन बुदाथोकी इप्सीका पोख्रेल आयुष राई तेश्रो रनरप भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here