काठमाडौँ — शनिवार साँझ राजधानीको थापाथलीस्थित पार्टियार्ड रिसिप्सनमा सम्पन्न राष्ट्रिय स्तरको फेशन डिजाईनर तथा मोडल लक्षित ‘द नेशनल डिजाईनर रनवे, २०२२’ को शिर्ष उपाधी शमुएल एकोन्थन्शले जितेका छन । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालले नेपालकै अग्रणी डिजिटल अनलाईन भोटिङ सेवा प्रदायक ग्लोवल अनलाईन पेसंगको सहकार्यमा आयोजना गरेको ‘द नेशनल डिजाईनर रनवे’मा छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका कुल ६० मोडलले प्रतिस्पर्धामा सहभागी फेसन डिजाईनर, फेसन डिजाईनिङ हाउस तथा बुटिकसम्बद्द फेसन डिजाईनरले तयार पारेका उत्कृष्ट पहिरनमा सजिएर र्याम्पमा प्रस्तुती दिए।

आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गरि फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै शमुएल एकोन्थन्शले बेस्ट फेसन डिजाईनरको उपाधी हात परेका छन। एकोन्थन्शले ‘द नेशनल डिजाईनर रनवे, २०२२’ विजेताको उपाधीसंगै नगद रू ५० हजार र थाईल्याण्डमा हुने सन् २०२२ संस्करणको ‘ग्लोवल फेसन रनवे’ मा अन्तर्राष्ट्रिय फेसन डिजाईनरको रुपमा आफ्नो पहिरन प्रस्तुत गर्न पाउने अवसर प्राप्त गरेका छन।

त्यसैगरी फर्स्ट रनर-अपको उपाधी लक्ष्मी श्रेष्ठ र निकिता शाहीले संयुक्त रुपमा आफ्नो हातमा पारेका छन। विजेताद्वयले उपाधीसंगै नगद रू ३० हजार र टिम ब्ल्याक फिन्सले सेकेण्ड रनर-अपको उपाधीसंगै नगद रू २० हजारसंगै अन्य विभिन्न फेसन सम्वद्द क्षेत्रहरुमा आकर्षक अवसरहरु प्राप्त गरेका छन। टिम ब्ल्याक फिन्स अन्तर्गत पूर्णिमा गुरुङ्ग, आकृती कुमारी साह, करुणा चौधरी र पेरीना गुरुङ सम्मीलित थिए । ग्लोबल अनलाईन पे तथा जिओपी बजारको प्रायोजनमा आयोजित सो कार्यक्रमको फेसन स्टाईलिस पार्टनरमा मृगतृष्णा फेसन प्रोडक्सन, जिएसके भर्सटाईल, अर्किड फेसन स्टुडियो, सारा श्रेष्ठ, मायाली क्रियसन र वन्त योर विस रहेका थिए भने मेकअप पार्टनरमा फेसियल हाउस र मेकअप दरबार रहेका थिए जसको अफिसियल फोटोग्राफि पार्टनरमा क्याप्चर क्र्यु रहेको थियो । सोमराज बास्तोला सहित कार्यक्रमको ईभेण्ट कोअर्डिनेसन कमिटी अन्तर्गत सागर श्रेष्ठ, परमानन्द चौधरी र शैलेस नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित शो मा उत्कृष्ट मोडलको उपाधी भने स्वस्तिका रेग्मी र पुनम खड्गीले हात पारे त्यसैगरी सुजन थापा मगर र सृष्टि श्रेष्ठले अडियन्स चोइस अवार्ड हात पारे । चर्चित रक / पप गायक बिनोद ढकालको सांगितिक प्रस्तुतीसंगै शुरुभएको उक्त शो को निर्णायकको रुपमा सबिन ढुङ्गाना, दिपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ्ग रहेका थिए। विजेताहरुलाई अन्तिम प्रतिस्पर्धाका निर्णायक मण्डल सदस्य सहित अडिसन राउण्ड जज सरोज ओझा, ईभेण्ट आयोजक कम्पनी मोडल सङ्स नेपालका प्रमुख डेभिल सिँह राजपुत, ईभेण्ट म्यानेजर स्वस्ति दंगाल र ईभेण्ट कोअर्डिनेटर सोमराज बास्तोलाले चेक एवम् खादा लगाई सम्मान गरेका थिए ।

आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईनिङ तथा मोडलिङ क्षेत्रको प्रवर्द्दन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताएका छन् । कार्यक्रम समापनसँगै संचारकर्मीहरुसँग कुराकानी गर्दै आयोजक संस्थाका मोडल संङस नेपालका प्रमुख डेभिल सिँह राजपुतले द नेशनल डिजाईनर रनवे नेपालमा आयोजित अन्य फेसन शो भन्दा नौलो रहेको दाबी पेश गर्दै यसले नेपालको फेसन इन्डस्ट्रीलाई अघि बढाउन थप मद्दत पुग्ने बताए ।

साथै, उनले पहिलो संस्करणको यस कार्यक्रम भव्य र सभ्य रुपमा सफलतापुर्वक सम्पन्न भएको महशुस गर्दै तीन महिनापछि अर्को प्रयासको रुपमा दोस्रो संस्करण स्वरुप द नेशनल डिजाईनर रनवे विन्टर सिजन प्रस्तुत गर्ने तयारीमा जुटन लागेको जानकारी समेत दिए । नेपालमा बढदै गईरहेको फेशन डिजाईनप्रतिको लगावलाई व्यवस्थित र व्यावसायिक बनाउन प्रतियोगिताले सहयोग गर्ने साथै सम्पूर्ण प्रतिस्पर्धीहरुको मनोबललाई उच्च बनाई फेशन डिजाईन तथा मोडलिङ सम्वद्द व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here